logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • बैंकहरुको मुद्दति निक्षेपमा पौने ३ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

    बैंकहरुको मुद्दति निक्षेपमा पौने ३ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

    481
    SHARES
    बैंकहरुको मुद्दति निक्षेपमा पौने ३ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा पौने ३ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।



     

    केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ। यो लगानी सन् २०२५ सेप्टेम्बर ११ देखि २०२६ सेप्टेम्बर ११ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार