logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • मेट लाइफद्वारा ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम नियन्त्रण गर्नका लागि सहयोग

    मेट लाइफद्वारा ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम नियन्त्रण गर्नका लागि सहयोग

    819
    SHARES
    मेट लाइफद्वारा ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम नियन्त्रण गर्नका लागि सहयोग

    काठमाण्डौ । मेट लाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग साझेदारी गरेको छ । कम्पनीले यस क्षेत्रमा बढ्दो सर्पदंशको जोखिमलाई सम्बोधन गर्न आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पहल सुरु गरेको हो । बढ्दो तापक्रम र यस जिल्लाको कृषिमुखी जीवनशैलीका कारण विशेष गरी ग्रामीण क्षेत्रमा समुदायहरूमा जोखिम अझ बढेको कुरालाई ध्यानमा राखी कम्पनीले सो सहयोग गर्न लागेको हो ।



     

    नेपालमा सर्पदंश एक जनस्वास्थ्य समस्या हो, जसले गर्दा हरेक वर्ष सयौंको ज्यान जान्छ, विशेष गरी झापा जस्ता जिल्लाहरू सबैभन्दा बढी प्रभावित छन् । सीमित जनचेतना, समयमै उपचार नपाउनु र पर्याप्त स्वास्थ्य सुविधा अभावका कारण सर्पदंशद्वारा धेरैजसो मृत्युहरू र दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । यी तथ्याङ्कहरूले जोखिममा रहेका समुदायहरूमा निवारक शिक्षा र उपचारमा सुधारको पहुँच दुवैको तत्काल आवश्यकता रहेको बताइएको छ ।

     

     

    यस कार्यक्रमको उद्देश्य समुदायमा सर्पदंशको रोकथाम र तात्कालिक प्रतिक्रिया सम्बन्धी ज्ञान बढाउने, झापाको मध्य भागका ग्रामीण बासिन्दालाई उपचार सुविधामा सजिलो पहुँच उपलब्ध गराउने, र अन्ततः सर्पदंशका कारण हुने मृत्युको संख्या घटाउनु हो । केन्द्रको प्रयासलाई समर्थन गर्दै, मेटलाइफ नेपालले जनचेतना अभिवृद्धि अभियानमा योगदान पुर्‍याउने, रोकथामका उपायहरूलाई प्रोत्साहन गर्ने, र समयमै जीवनरक्षक उपचारको पहुँच मजबुत पार्नेछ ।

     

    “सर्पदंश ग्रामीण नेपालमा गम्भीर तर प्रायः बेवास्ता गरिने सार्वजनिक स्वास्थ्य समस्या हो । कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर, हामी हाम्रो समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान मात्र नभई समयमा अत्यावश्यक उपचारमा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौँ । यो सबै नेपालीहरूको लागि सुरक्षित र स्वस्थ भविष्य निर्माण गर्ने हाम्रो प्रमुख लक्ष्य हो,“ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट