logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • कर्मचारीहरूलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ : कृष्ण दुलाल

    कर्मचारीहरूलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ : कृष्ण दुलाल

    624
    SHARES
    कर्मचारीहरूलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ : कृष्ण दुलाल

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्ज्वल रहेको बताएका छन् । नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुपर्ने बताए ।



     

    काठमाण्डौको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालको संयुक्त रूपमा बिहीबार आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

     

    उनले अटो क्षेत्रमा लगानी गर्ने व्यक्तिले पछाडि फर्किनु नपर्ने उनको दाबी छ । अटोमोबाइल क्षेत्र सुरक्षित र स्वस्थ व्यवसाय भएको उनले बताए । यस्तै कुनै पनि कर्मचारीहरूलाई गाडी किन्नको लागि लामो अवधिका लागि कर्जा प्रवाह गर्नुपर्ने उनको माग छ ।

     

     

    उनले भने, ‘कर्मचारीहरूलाई बाइक तथा गाडी किन्न २० वर्षको लागि ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तो व्यवस्था गर्न सकेमा अधिकांशले गाडी किन्न सक्छन् । यसमा सरकारको ध्यान जान आवश्यक छ । यो व्यवस्था गर्न सकियो भने धेरै राम्रो हुन्छ ।’


    अर्थ चाैतारी
  • शुक्रबार, ६ भदाै २०८२
  • सम्बन्धित समाचार