logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • सहकारी ठगी मुद्दामा दोषी ठहर भएका मेयर अधिकारीले सर्वाेच्चबाट पाए सफाइ

    सहकारी ठगी मुद्दामा दोषी ठहर भएका मेयर अधिकारीले सर्वाेच्चबाट पाए सफाइ

    923
    SHARES
    सहकारी ठगी मुद्दामा दोषी ठहर भएका मेयर अधिकारीले सर्वाेच्चबाट पाए सफाइ

    काठमाण्डौ । सहकारी ठगी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभ प्रालिमार्फत ठगी गरेको मुद्दामा यस्तो फैसला गरेको हो ।



     

    यसअघि उच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो । उच्च अदालत पाटनले अधिकारीलाई १८ लाख ३१ हजार जरिवाना तोकेको थियो भने कैदसमेत एक महिना हुने फैसला भएको थियो । सहकारीमार्फत २ सय २ जना निक्षेपकर्ताको एक करोड ८३ लाख रुपैयाँभन्दा बढीको ठगी भएको भन्दै ०७१ मा प्रहरीमा जाहेरी परेको थियो । अधिकारी सो सहकारीको उपाध्यक्ष भएकाले प्रहरीले सहकारी ठगीमा प्रतिवादी बनाएर मुद्दा चलाएको थियो ।

     

    यस मुद्दामा उच्च अदालत पाटनबाट ठहर हुने गरी भएको फैसला बदरको माग गर्दै अधिकारी, झुनु शाह, सीतामाया थापा, यनुका बुढाथोकी, देउमाया लिम्बू, प्रतिमा सिटौला र धनमाया श्रेष्ठले पुनरावेदन गरेका थिए । अप्सरा पौडेलसमेतको जाहेरीले नेपाल सरकार पनि पुनरावेदनमा गएको थियो ।

     

    प्रतिवादीहरू श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह, देउमाया लिम्बूलाई पनि जनही एक महिना कैद तथा जरिवानाको सजाय सुनाइएको थियो । जाहेरवालाहरूले पटक–पटक रकम माग्दा पनि नदिएपछि पीडितहरू प्रहरीमा पुगेका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट