logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली अस्पतालमा छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली अस्पतालमा छुट

    338
    SHARES
    एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली अस्पतालमा छुट

    कैलाली । एनआईसी एशिया बैंक र कैलाली हस्पिटल प्रालिबिच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।



     

    सम्झौताअनुसार, बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचारका लागि डिजिटल भुक्तानी गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

     

    ग्राहकहरूले यो सुविधा डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।

     

    बैंकका अनुसार, यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग गर्नुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन गर्दै नगदरहित कारोबारमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ भदाै २०८२
  • सम्बन्धित समाचार