logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • साधारण सेयरमा चार गुणाले बढ्यो पुनर्बीमा कम्पनीहरूको लगानी, हिमालयन एउटैको २५ प्रतिशत

    साधारण सेयरमा चार गुणाले बढ्यो पुनर्बीमा कम्पनीहरूको लगानी, हिमालयन एउटैको २५ प्रतिशत

    923
    SHARES
    साधारण सेयरमा चार गुणाले बढ्यो पुनर्बीमा कम्पनीहरूको लगानी, हिमालयन एउटैको २५ प्रतिशत

    काठमाण्डौ । सेयरबजारमा दुई पुनर्बीमा कम्पनीले लगानी बढाएका छन्। आर्थिक वर्ष २०८१/८२ मा हिमालयन रि र नेपाल पुनर्बीमा कम्पनीले सेयरबजारमा ५ अर्ब २८ करोड ४० लाख रुपैयाँ लगानी गरेका हुन्। अघिल्लो वर्ष १ अर्ब १७ करोड ५४ लाख रुपैयाँ लगानी गरेकोमा गत आवमा ४ गुणाले लगानी बढेको देखिएको छ। गत आवमा दुई कम्पनीले कुल ४१ अर्ब २ करोड ६५ लाख रुपैयाँ लगानी गरेका थिए। त्यसको १२.८७ प्रतिशत रकम सूचीकृत कम्पनीहरुको साधारण सेयर खरिदमा लगाएका हुन्।



     

    यी दुई पुनर्बीमामध्ये हिमालयन रिले २० अर्ब ३० करोड र नेपाल रिले २० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका थिए। जसमा हिमालयनले सबैभन्दा धेरै लगानी सूचीकृत कम्पनीको साधारण सेयरमा गरेको छ। नेपाल पुनर्बीमाले भने यो वर्ष साधारण सेयरमा थोरै मात्र लगानी गरेको छ। दुई पुनर्बीमा कम्पनीले कुल ५ अर्ब २८ करोड साधारण सेयरमा लगानी गरेकोमा हिमालयनले मात्रै ५ अर्ब १८ करोड लगानी गरेको हो। यो हिमालयनले गरेको कुल लगानीमध्येको २५ प्रतिशत हो।

     

    यो अवधिमा नेपाल रिले भने ९ करोड मात्रै लगानी गरेको देखिन्छ। जुन नेपाल रिले गर्ने कुल लगानीको ०.४५ प्रतिशत मात्रै हो। बीमा प्राधिकरणका अनुसार दुईवटै बीमा कम्पनीले आफूले गर्ने कुल लगानीको १० प्रतिशत मात्रै साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था छ। हिमालयनले उक्त सीमाभन्दा धेरै लगानी सेयरबजारमा गरेको हो। समग्र बीमा कम्पनीहरु नै घरजग्गा, कृषिलगायतका क्षेत्रमा गर्ने लगानी पूर्ण कटौती गरेर ‘डाइभर्ट’ गरिरहँदा हिमालयनले भने सेयरबजारमा लगानीलाई सार्न थालेको छ।

     

    सूचीकृत नभएका सार्वजनिक कम्पनीमा भने दुई पुनर्बीमाले ५० करोड ७२ लाख रुपैयाँ लगानी गर्दा इन्भेस्टमेन्ट कम्पनीहरुको सेयरमा १ अर्ब ५ करोड रुपैयाँ लगानी गरेका छन्। अन्य संस्थापकतर्फ भने यी दुई कम्पनीले ८२ करोड १५ लाख रुपैयाँ लगानी गरेका हुन्। यो अवधिमा हिमालयन रि र नेपाल पुनर्बीमा दुवैले कृषि उत्पादन तथा वितरण, शीतभण्डारलगायतका क्षेत्रहरु, सूचीकृत सार्वजनिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्र तथा घरजग्गामा भने लगानी गरेका छैनन्।

     

    यी क्षेत्रमा कुल लगानीको १० देखि २० प्रतिशतसम्म लगानी गर्नुपर्ने व्यवस्था रहे पनि कम्पनीहरुले लगानी शून्य राखेका छन्। सेयरबजारमा कारोबार बढाउँदै लगेका पुनर्बीमा कम्पनीले यो पटक पनि कुल लगानीको ६५.७४ प्रतिशत रकम बैंकहरुको निक्षेपमै राखेका छन्। अघिल्लो पटक कुल लगानीको ७५.५५ प्रतिशत रकम वाणिज्य बैंककै निक्षेपमा राखेका पुनर्बीमा कम्पनीहरुले यो पटक बैंकबाट निक्षेप घटाएका हुन्।

     

     

    वाणिज्य बैंकहरुले दिने ब्याज तल्लो विन्दुमा आएसँगै आम्दानी घट्ने भएपछि निक्षेपको लगानीलाई कम्पनीहरुले सेयरबजारतर्फ डाइभर्ट गरेका हुन्। बीमा प्राधिकरणका अनुसार १५ वटा क्षेत्रमा पुनर्बीमा कम्पनीहरुले लगानी गर्न पाउँछन्।जसमा हिमालयन रिले ७ वटा क्षेत्रमा लगानी शून्य राखेको छ भने नेपाल पुनर्बीमाले ५ वटा क्षेत्रमा लगानी शून्य राखेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट