logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  •  नेप्सेमा यो साता १ करोड ६३ लाख कित्ता शेयर सूचीकृत

     नेप्सेमा यो साता १ करोड ६३ लाख कित्ता शेयर सूचीकृत

    1.3K
    SHARES
     नेप्सेमा यो साता १ करोड ६३ लाख कित्ता शेयर सूचीकृत

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता मात्रै करिब १ करोड ६३ लाख ७७ हजार ७९ कित्ता शेयर सूचीकृत भएका छन्।



    गत सोमबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर बापतका २६ लाख ६ हजार ६६.५४ कित्ता शेयर सूचीकृत भए।

     

    यसपछि मंगलबार लामो प्रतीक्षापछि विकास हाइड्रोपावरका कुल ९० लाख ९१ हजार १३ कित्ता शेयर सूचीकृत भई बजारमा कारोबार सुरु भएको छ।

     

    यस्तै, सोही दिन हिमालयन रि इन्स्योरेन्स लिमिटेडको साधारणसभाले पारित गरेको ४.५० प्रतिशत बोनस शेयर बापतका ४६ लाख ८० हजार कित्ता शेयर पनि नेप्सेमा सूचीकृत भएका छन्।

     

    यससँगै यस साताभर नेप्सेमा कुल १ करोड ६३ लाख भन्दा बढी कित्ता शेयर थपिएको छ, जसले बजारमा कारोबारयोग्य शेयर संख्या थप बढाएको छ।


    अर्थ चौतारी
  • शनिबार, ७ भदाै २०८२
  • सम्बन्धित समाचार