logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • पिपुल्स पावरको बिक्री नभएको ४ कित्ता हकप्रद सेयर लिलामीमा राख्यो

    पिपुल्स पावरको बिक्री नभएको ४ कित्ता हकप्रद सेयर लिलामीमा राख्यो

    923
    SHARES
    पिपुल्स पावरको बिक्री नभएको ४ कित्ता हकप्रद सेयर लिलामीमा राख्यो

    काठमाण्डौ । पिपुल्स पावरले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म ४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।



     

    कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।

     

    सो अवधिमा बिक्री नभएको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो । कम्पनीको उक्त सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

     

     

    कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, ८ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट