logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • दिउँसो यी स्थानमा भारी वर्षा, तराईमा हुरीको सम्भावना

    दिउँसो यी स्थानमा भारी वर्षा, तराईमा हुरीको सम्भावना

    1.4K
    SHARES
    दिउँसो यी स्थानमा भारी वर्षा, तराईमा हुरीको सम्भावना

    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज आइतबार दिउँसो र रातिको सम्भावित वर्षाबारे जानकारी दिएको छ।



     

    महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

    आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीको पनि सम्भावना छ।

     

    आज राति : मधेस प्रदेश, कोसी प्रदेशलगायत देशका पहाड भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

     

    मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो। मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

     

    अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

     

    यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ। त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

     

    त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ। यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।


    अर्थ चाैतारी
  • आइतबार, ८ भदाै २०८२
  • सम्बन्धित समाचार