logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो, सार्वजनिक ऋण जीडीपीको ४३.७१ प्रतिशत

    सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो, सार्वजनिक ऋण जीडीपीको ४३.७१ प्रतिशत

    897
    SHARES
    सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो, सार्वजनिक ऋण जीडीपीको ४३.७१ प्रतिशत

    काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले आन्तरिक र बाह्य ऋणसहित कुल २६खर्ब ६९ अर्ब ६५ करोड ऋण तिर्न बाँकी रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । असार मसान्तसम्मको तथ्याङ्कअनुसार यसमध्ये बाह्य ऋण १४खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड छ ।



     

    राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्ष कुल सार्वजनिक ऋण गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.७१ प्रतिशत थियो भने चालु आर्थिक वर्षमा यो बढेर ४३.७१ प्रतिशत पुगेको छ । आन्तरिक ऋणतर्फ सरकारले चालु वर्षमा रु. ३२९ अर्ब ९९ करोड परिचालन गरेको छ भने रु. २४३ अर्ब ९१ करोड साँवा भुक्तानी गरेको छ । यसरी यस अवधिमा रु. ८६ अर्ब ८ करोड खुद आन्तरिक ऋण परिचालन भएको हो, जुन कुल गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत बराबर हो ।

     

    त्यस्तै, सरकारले चालु वर्षमा रु. १२५ अर्ब ४० करोड बाह्य ऋण परिचालन गरेको छ ।नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८२ असार मसान्तमा नेपाल सरकार, प्रदेश र स्थानीय तहका विभिन्न खातामा जम्मा रु. १३० अर्ब ७३ करोड नगद मौज्दात रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो मौज्दात रु. ९३ अर्ब ९६ करोड मात्र थियो ।


    अर्थ चाैतारी
  • आइतबार, ८ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट