logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • एक महिनामा आयात भए ४१ करोडका डेढ सय बढी विद्युतीय कार, जिप र भ्यान

    एक महिनामा आयात भए ४१ करोडका डेढ सय बढी विद्युतीय कार, जिप र भ्यान

    494
    SHARES
    एक महिनामा आयात भए ४१ करोडका डेढ सय बढी विद्युतीय कार, जिप र भ्यान

    काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो महिनामा ४१ करोड ३८ लाखका विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल १६० वटा विद्युतीय कार, जिप र भ्यान नेपालमा आयात गरिएको हो।



     

    यसअनुसार ५० किलोवाटसम्मका २ करोड ९९ लाख ७२ हजारको २१ वटा ईभी कार, जिप र भ्यान आयात भएका छन्।

     

    त्यसैगरी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २६ करोड ८२ लाख ४० हजारको १०७ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ११ करोड ५७ लाख ७८ हजारको ३१ वटा र २०१ किलोवाटदेखि माथिको ४८ लाख ४९ हजारको एउटा आयात भएको छ।

     

     

    यसबाहेक, विद्युतीय तीनपांग्रे ५ करोड ९ लाख ८९ हजारको ४८८ वटा र अनएसेम्बल विद्युतीय तीनपांग्रे ८ करोड ५९ लाख १६ हजारको ९१० वटा आयात भएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ९ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट