logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • काठमाण्डौ उपत्यका विकास प्राधिकरणमा लफडा : घनश्याम पौडेललाई २४ घण्टाभित्र रमाना लिन आयुक्तको निर्देशन

    काठमाण्डौ उपत्यका विकास प्राधिकरणमा लफडा : घनश्याम पौडेललाई २४ घण्टाभित्र रमाना लिन आयुक्तको निर्देशन

    1.1K
    SHARES
    काठमाण्डौ उपत्यका विकास प्राधिकरणमा लफडा : घनश्याम पौडेललाई २४ घण्टाभित्र रमाना लिन आयुक्तको निर्देशन

    काठमाण्डौ । काठमाण्डौ उपत्यका विकास प्राधिकरणका काठमाण्डौ जिल्ला आयुक्त जानुका ढकालले प्राधिकरणका कानुन अधिकृत घनश्याम पौडेललाई २४ घण्टाभित्र रमाना लिन निर्देशन दिएकी छिन् । प्राधिकरणका जिल्ला आयुक्त सुवास बस्नेतले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएपछि ढकालले पौडेललाई आइतबार यस्तो निर्देशन दिएकी हुन् ।



     

    अहिले प्राधिकरणका विकास आयुक्त ढकाल र जिल्ला आयुक्त बस्नेतबिच द्वन्द्वको अवस्था छ । बस्नेतले अवैध प्लटिङका जग्गा धमाधम रोक्का गर्न थालेको र त्यसमा ढकालले अवरोध गर्न खोजेको बस्नेत पक्षको भनाइ छ । अहिले काठमाण्डौ जिल्ला आयुक्त कार्यालयले अहिले काठमाण्डौका ९२ ठाउँमा अवैध प्लटिङ रोक्का गरेको छ ।

     

    कानुन अधिकृत पौडेललाई यसअघि नै ढकालले भेल्पा आयोजनाका आयोजना प्रमुखमा सरुवा गरेकी थिइन् । तर आफूलाई सरुवा गर्ने अधिकार ढकालसँग नभएको भन्दै उनी सरुवा भएर जान मानेका थिएनन् ।

     

    आफू प्राधिकरणको पुनरावेदन समितिका रजिस्टार र सञ्चालक समितिका बोर्ड सचिव पनि हुन् । उक्त पद उच्च अदालतको रजिस्टार सरहको भएकोले विकास आयुक्तले सरुवा गर्न नमिल्ने उनको दाबी रहँदै आएको छ । सोही कारण उनी भेल्पा जान मानेका थिएनन् । प्राधिकरण अन्तर्गत हाल १० वटा कार्यालय छन् । त्यसमध्ये भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना एउटा रहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ९ भदाै २०८२
  • सम्बन्धित समाचार