logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • मदिरा उत्पादन गर्ने कम्पनीहरूले लिए २१ अर्ब ऋण

    मदिरा उत्पादन गर्ने कम्पनीहरूले लिए २१ अर्ब ऋण

    624
    SHARES
    मदिरा उत्पादन गर्ने कम्पनीहरूले लिए २१ अर्ब ऋण

    काठमाण्डौ । मदिरा उत्पादन गर्ने कम्पनीहरुले आव २०८१/८२ को असार मसान्तसम्म कुल २१ अर्ब ७६ करोड ऋण लगेका छन्। यी कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट अघिल्लो वर्षको तुलनामा .४ प्रतिशतले कम कर्जा लगेका हुन्।



     

    आव २०७९/०८० मा बैंक तथा वित्तीय संस्थाहरुले मदिरा उत्पादकहरुलाई कुल २७ अर्ब १८ करोड रुपैयाँ ऋण प्रवाह गर्दा आव २०८०/८१ मा २३ अर्ब ७६ करोड कर्जा प्रवाह गरेका थिए। अघिल्लो आवमा बढाएको कर्जा प्रवाह गत वर्ष भने बैंकहरुले बढाउन नसकेका हुन्।

     

    योबाहेक अन्य पेय पदार्थहरुको उत्पादनतर्फ बैंकहरुले कुल १० अर्ब ७५ करोड रुपैयाँ ऋण प्रवाह गरेका हुन्। जुन अघिल्लो वर्षभन्दा ४.५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाहरुले यो क्षेत्रमा १० अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।


    अर्थ चाैतारी
  • सोमबार, ९ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट