logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • बढ्यो सेयर बजार, झण्डै पौने ६ अर्बको कारोबार

    बढ्यो सेयर बजार, झण्डै पौने ६ अर्बको कारोबार

    1.1K
    SHARES
    बढ्यो सेयर बजार, झण्डै पौने ६ अर्बको कारोबार

    काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ नेपाल स्टक एक्सचेञ्ज परिसूचक सोमबार २१.३० अङ्कले बढेर २७६१.२६ विन्दुमा पुगेर बन्द भएको हो ।



    आज दिनभर बजारमा कुल ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३१७ वटा स्क्रिप्टको कारोबार हुँदा १ करोड ८ लाख कित्ता सेयर खरिद बिक्री भई सो बराबरको कारोबार भएको हो ।

     

    आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य बढेको छ । कुल १७९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन । बजारमा आज म्युचुअल फण्ड बाहेक सबै समूह सकारात्मक रहे । तीमध्ये विकास बैंकका १.१० प्रतिशतको वृद्धि नै सर्वाधिक रह्यो । अरू सबै समूहको वृद्धि एक प्रतिशतभन्दा कम रहेको छ ।

    आजको बजारमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । दुवै कम्पनीको सेयर मूल्यमा क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतको वृद्धि देखिएको छ ।

     

    कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अगाडि रह्यो । कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो । त्यस्तै, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ९ भदाै २०८२
  • सम्बन्धित समाचार