काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारले सुकेधारास्थित होटल मक्र्योरको सेवा लिएका छन् । भदौ ७ गते शनिबार कुशे औँसीका दिन पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारले होटल मक्र्योरमा पुगेर त्यहाँको सेवा लिएको हो ।
श्रीमती र बुहारीसहित पुगेका पूर्व राजा शाहको परिवारलाई होटल व्यवस्थापनले स्वागत गरेको थियो । उनीहरुले होटलको अवलोकनसहित होटलबाट देखिने दृश्यावलोकनसमेत गरेका थिए ।
पूर्व राजाको परिवारले होटल मक्र्योरमा करिब ३ घण्टा बिताएका थिए । त्यस क्रममा होटलमा उपलब्ध विभिन्न सेवाबारे समेत शाह परिवारले चासो राखेका थिए । अपरान्ह पुगेका उनीहरु बेलुकाको खाना खाएर फर्किएका थिए ।
अर्थ चाैतारी ।