काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुजुकीको पहिलो ग्लोबल स्ट्राटेजिक ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) ई–भिटाराको अहमदावादमा प्लान्ट उद्घाटन गरेका छन्।
योसँगै भारतमा ई–भिटाराको औपचारिक व्यावसायिक उत्पादन सुरु भएको छ।
ई भिटारा भर्खरै सम्पन्न नाडा अटो शोमा समेत प्रदर्शन गरिएको थियो। व्यावसायिक उत्पादन सुरु भएसँगै नेपालमा पनि चाँडै ई भिटारा आउनेछ।
भारतमा सबैभन्दा धेरै कार उत्पादन गर्दै आएको मारुती सुजुकीले जनवरीमा भएको भारत मोबिलिटी ग्लोबल एक्स्पोमा ‘ई–भिटारा’ प्रदर्शन गरेको थियो।
कम्पनीका चार भारतीय इकाइहरुको कुल वार्षिक क्षमता २६ लाख युनिट छ।