logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • तीन दिनदेखि उखु किसान आन्दोलनमा

    तीन दिनदेखि उखु किसान आन्दोलनमा

    793
    SHARES
    तीन दिनदेखि उखु किसान आन्दोलनमा

    काठमाण्डौ । बक्यौता माग्दै उखु किसानहरू तीन दिनदेखि राजधानीमा आन्दोलनरत छन् । राजधानीको माइतीघरमा आइतबारदेखि सुरु आन्दोलन मंगलबार पनि जारी रहेको छ ।



    उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् ।

    यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।

    माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका उनीहरूले आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् ।

    धर्नामा किसानहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १० भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट