logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • अमेरिकाले भारतमाथि ५० प्रतिशत भन्सार लगाउने निश्चित, भोलिबाट लागू हुने

    अमेरिकाले भारतमाथि ५० प्रतिशत भन्सार लगाउने निश्चित, भोलिबाट लागू हुने

    949
    SHARES
    अमेरिकाले भारतमाथि ५० प्रतिशत भन्सार लगाउने निश्चित, भोलिबाट लागू हुने

    एजेन्सी । अमेरिकाले भारतीय वस्तुको आयातमा भन्सार बढाउने निर्णय गरेको छ ।



    रुसी तेल किनेकोमा थप २५ प्रतिशत भन्सार शुल्क लागू भएपछि कुल भन्सार दर ५० प्रतिशत पुग्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटीका अनुसार, नयाँ व्यवस्था अगस्ट २७ अर्थात् बुधवारदेखि लागू हुनेछ ।

    यो कदम राष्ट्रपति डोनल्ड ट्रम्पले यसै महिना हस्ताक्षर गरेको कार्यकारी आदेश १४३२९ को निरन्तरता हो । उक्त आदेशअनुसार वाशिङटनले रुस र उसका व्यापारिक साझेदारबाट आउने भनिएका खतराहरूविरुद्ध कडा कदम चाल्नेछ ।

    भारतले अझै पनि रुसी तेल किनिरहेकाले गर्दा अमेरिकाले भारतमाथि यस्तो कदम चालेको हो । भारतले रुसी तेल किनेर युक्रेनविरुद्ध रुसले गरिरहेको युद्धलाई वित्तीय सहयोग पु‍र्याइरहेको वाशिङटनले दाबी गरेको छ । शान्तिवार्तामा प्रगति नभए थप प्रतिबन्ध वा भन्सार लाग्न सक्ने भनी ट्रम्पले चेतावनी दिएका छन् ।

    भारतले भने यस निर्णयलाई “अन्यायपूर्ण र अव्यावहारिक” भन्दै अस्वीकार गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार अहमदाबादमा आयोजित सभामा राष्ट्रिय हित र किसान, साना उद्योगी तथा पशुपालकको हितमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दबाब सहने क्षमतामा निरन्तर वृद्धि गर्ने पनि बताएका छन् ।

     

    विदेशमन्त्री एस जयशंकरले पनि युरोपलाई लक्षित गर्दै तपाईंलाई भारतीय तेल मन पर्दैन भने नकिन्नुहोस् कसैले बाध्य पारेको छैन भन्दै अमेरिकी निर्णयको आलोचना गरे । नयाँ भन्सार शुल्कले अमेरिका–भारत व्यापारिक सम्बन्धमा चिसोपन ल्याएको छ । दुई देशबीच हुने भनिएको द्विपक्षीय वार्ता स्थगित भएको छ ।

     

    अमेरिकाले रुसी तेलका ठूला खरिदकर्ता चीनजस्ता अन्य मुलुकमाथि यस्तै कदम चालेको छैन । यसैबीच, मोदी र पुटिनबीच पछिल्ला दिनमा वार्ता भएको छ । भारतले रुसबाट ऊर्जा खरिदलाई निरन्तरता दिने संकेत दिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट