logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • आज ३ वटा संसदीय समितिको बैठक

    आज ३ वटा संसदीय समितिको बैठक

    728
    SHARES
    आज ३ वटा संसदीय समितिको बैठक

    काठमाण्डौ । संघीय संसद्का तीनवटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बुधबार दिउँसो बस्न लागेको हो।



     

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा समितिका सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ। समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन्।

    सभापति चयनका लागि प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र न्यौपानेको एकल मनोनयन दर्ता भएको छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार एकल मनोनयनसँगै प्रस्तावित उम्मेदवार निर्विरोध निर्वाचित हुनेछ।

     

    आज दिउँसो बस्ने समितिको बैठकले न्यौपाने निर्वाचित भएको औपचारिक घोषणा हुने छ। बैठकमा समितिका ज्येष्ठ सदस्यले उनी सभापति निर्वाचित भएको घोषणा गर्नेछन्।

     

    यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ। बैठक बिहान साढे ११ बजे बस्दैछ। बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१र८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ११ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट