logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • जर्मन पत्रिकाको दाबी: कर लगाएपछि रिसाएका मोदीले ट्रम्पले चारपटक फोन गर्दा पनि उठाएनन्

    जर्मन पत्रिकाको दाबी: कर लगाएपछि रिसाएका मोदीले ट्रम्पले चारपटक फोन गर्दा पनि उठाएनन्

    1.2K
    SHARES
    जर्मन पत्रिकाको दाबी: कर लगाएपछि रिसाएका मोदीले ट्रम्पले चारपटक फोन गर्दा पनि उठाएनन्

    काठमाण्डौ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ५० प्रतिशत भन्सार कर लगाएका छन्।



    भारतले रुसबाट कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको आरोपमा अमेरिकाले २५ प्रतिशत थपेर कर ५० प्रतिशत पुर्‍याएको हो।

    भारतले भने अमेरिकाको यो निर्णयप्रति कडा आपत्ति जनाएको छ। जसले गर्दा दुई देशबीचको सम्बन्धमा पनि नराम्रो प्रभाव परिरहेको छ। भातरका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासामु कुनै पनि दबाबले नझुक्ने बताइरहेका छन्।

     

    यसैबीच जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले भारतविरुद्ध कर लगाएपछि ट्रम्पले ४ पटक फोन गर्दा पनि मोदीले नउठाएको दाबी गरेको छ।

     

    उक्त पत्रिकाको रिपोर्टमा अमेरिकासँग रिसाएको भारतले चीन र रुससँगको सम्बन्ध सुधार गर्न थालेको दाबी गरिएको छ। यसैगरी ट्रम्पले अमेरिकाको लागि कृषि बजार खोल्न माग गरेको तर मोदीले अस्वीकार गरेको दाबी पनि पत्रिकाले गरेको छ।

     

    अनि अमेरिकाले चीनलाई अलग्याउन भारतले आफ्ना पक्षमा दृढतापूर्वक उभिनुपर्छ भन्ने चाहेको तर यसमा भारत सहमत नभएको दाबी पनि रिपोर्टमा गरिएको छ।

     


    अर्थ चाैतारी
  • बुधबार, ११ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट