logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • आजबाट बन्दीपुर केबलकारको आइपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइने ?

    आजबाट बन्दीपुर केबलकारको आइपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइने ?

    845
    SHARES
    आजबाट बन्दीपुर केबलकारको आइपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइने ?

    काठमाण्डौ। बन्दीपुर केबलकार एन्ड टुरिजमले आज भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउन लागेको हो। साउनको पहिलो साता आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आइपीओ बिक्री गरेको थियो।



     

    कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्कासन गर्नेछ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    यो आइपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

     

    आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

     

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत वा सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिदन सक्नेछन्।


    अर्थ चाैतारी
  • बुधबार, ११ भदाै २०८२
  • सम्बन्धित समाचार