logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • ‘मुस्ताङ गोल्ड’ रक्सीमा भेटियो झिँगा, काठमाडौं महानगरले कम्पनीलाई गर्‍यो २ लाख जरिबाना

    ‘मुस्ताङ गोल्ड’ रक्सीमा भेटियो झिँगा, काठमाडौं महानगरले कम्पनीलाई गर्‍यो २ लाख जरिबाना

    780
    SHARES
    ‘मुस्ताङ गोल्ड’ रक्सीमा भेटियो झिँगा, काठमाडौं महानगरले कम्पनीलाई गर्‍यो २ लाख जरिबाना

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ ।



     

    सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

    भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएकोले गुनासो गर्नु भएको थियो । विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो ।

     

    जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ । काठमाण्डौ महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ। साथै, ऐनको दफा २९(घ) र दफा ३०(१)(ख) बमोजिम धनुषा डिस्टिलरी प्रा. लि.ले कानुन उल्लङ्घन गरेको ठहर गरिएको विभागले जनाएको छ ।

     

    महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम काठमाण्डौ महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । काठमाण्डौ महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ ।

     

    महानगरले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ११ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट