आज बिहीबार, १२ भदौ २०८२ (२८ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: तपाईंसँग धैर्य र सौम्यता दुवै रहनेछ जसका कारण राम्रो निर्णय लिन सक्नु हुन्छ। लामो समयदेखि रोकिएका काम विस्तारै अघि बढ्ने छन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने, छलकपट नगर्ने।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।
वृष: दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने, उत्तर दिशा नजाने।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
मिथुन: शुभकार्यको चर्चा चल्नेछ। स्वादिष्ट भोजनको अवसर मिल्ला। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा सफलता मिल्ला। कुटुम्बले विशेष सहयोग गर्नेछन्। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने, सजिलै अरूको विश्वास नगर्ने।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६८, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।
कर्कट: मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ, विचार पुर्याएर निर्णय लिनु राम्रो हुन्छ। यात्रामा बाधा आउला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने, तामसिक भोजन नगर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।
सिंह: रमाइलो र अविस्मरणीय यात्राको सम्भावना छ। मनको डर हराएर जानेछ। रमणीय र सुखद यात्राको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने, भरिसक्के लामो यात्रा नगर्ने।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
कन्या: लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने, भरिसक्के लामो यात्रा नगर्ने।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
तुला: हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। आफन्तको प्रगतिमा मन रमाउन सक्छ। वैदेशिक कार्य अघि बढ्नेछ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, निलो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।
वृश्चिक: जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। दबाब र तनाव बढेको महसुस हुनेछ। झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने, कालो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ।
धनु: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मानप्रतिष्ठामा वृद्धि होला। शुभसमाचार सुन्न पाइएला। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने, सजिलै अरूको विश्वास नगर्ने।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ।
मकर: प्रेम र पारिवारिक सम्बन्ध गहिरो बन्दै जानेछ। लामो समयदेखि रोकिएको काम पूरा हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने, छलकपट नगर्ने।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ।
कुम्भ: फोटोग्राफीमा आकर्षण बढ्नेछ। कला, साहित्य र सङ्गीतमा चासो बढ्नेछ। सेयर बजारमा गरेको लगानी खेर जाँदैन। सुखद यात्राको अवसर प्राप्त हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने, खैरो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
मीन: खानामा गडबडी हुँदा दिनैभर असहज हुन सक्छ। कसैसँग विवाद पर्नसक्ने पनि देखिन्छ। आज लाभ कम, हानि ज्यादा हुने दिन परेको छ। मनमा खुलदुली, चिन्ता र चञ्चलता बढ्नेछ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने, झुट नबोल्ने।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।
अर्थ चाैतारी ।