logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • अरुण काबेली पावरले डाक्यो वार्षिक साधारणसभा, हकप्रदसहित यस्ता छन् अजेन्डा

    अरुण काबेली पावरले डाक्यो वार्षिक साधारणसभा, हकप्रदसहित यस्ता छन् अजेन्डा

    1K
    SHARES
    अरुण काबेली पावरले डाक्यो वार्षिक साधारणसभा, हकप्रदसहित यस्ता छन् अजेन्डा

    काठमाण्डौ । अरुण काबेली पावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिले आउँदो असोज २ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको पिंगलास्थानस्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेबाट सुरु हुनेछ।



    सभाले काबेली इनर्जी कम्पनीको संस्थापक शेयरमा थप लगानी गर्न तथा बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानी गर्न हाल कायम कम्पनीको चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

     

    सभाले विभिन्न कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरुमा लगानी गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

     

    सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • विहिबार, १२ भदाै २०८२
  • सम्बन्धित समाचार