logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • आशिका तामाङ दोषी ठहर: पाँच दिन जेल सजाय

    आशिका तामाङ दोषी ठहर: पाँच दिन जेल सजाय

    1.5K
    SHARES
    आशिका तामाङ दोषी ठहर: पाँच दिन जेल सजाय

    काठमाण्डौ । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ ।



    न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

    सूर्यविनायक नगरपालिकाले साँगामा निर्माण गरेको झोलुङ्गे पुलमा रकम उठाउने कार्यमा अवरोध पुर्‍याएको र पालिकाले टाँसेको सूचना च्यातेको आरोप उनीहरूविरुद्ध लागेको थियो ।

     

    सोही आधारमा नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुरमा जाहेरी दिएको थियो । उक्त मुद्दामा अदालतले दुवैलाई पाँच-पाँच दिन कैदसहित ५ सय रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ ।

     

    साथै, दामासाहीमार्फत ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ बुझाउन पनि आदेश गरेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, १२ भदाै २०८२
  • सम्बन्धित समाचार