logo

२०८३ असार २६, शुक्रबार

logo
  • २०८३ असार २६, शुक्रबार
  • नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अन्तिम सुनुवाइ

    नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अन्तिम सुनुवाइ

    780
    SHARES
    नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अन्तिम सुनुवाइ

    काठमाण्डौ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ ।



    जिल्ला अदालत काठमाण्डौमा २ वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा बुधबारदेखि सुनुवाइका लागि पेसी तोकिएका हो । पछिल्लो समय यो मुद्दामा साक्षी बुझ्ने र बकपत्र गराउने काम सकिएपछि साप्ताहिक पेशी सूचीमा राखिएको छ ।

     

    यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

     

    पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् । यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०र ८१ मा मुद्दाले प्राथमिकतै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, १८ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट