logo

२०८३ साउन २, शनिबार

logo
  • २०८३ साउन २, शनिबार
  • ३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थ क्यापिटलको घोषणा

    ३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थ क्यापिटलको घोषणा

    1K
    SHARES
    ३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थ क्यापिटलको घोषणा

    काठमाण्डौ । सिद्धार्थ क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

     

    लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा अपरान्ह साढे ४ बजे १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गर्नेछ ।

     

    कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, १९ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट