logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

    उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

    780
    SHARES
    उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

    काठमाण्डौ । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब रु ७५ करोड रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो ।



    किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल रु ५८५ र सरकारले रु ३० अनुदान दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध गराइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था गरिएको छ । मन्त्रालयबाट पठाइएको रकम कतिपय किसानले प्राप्त गरिसकेका उनले जानकारी दिए ।

     

    सरकारले अघिल्लो वर्ष प्रतिक्विन्टल रु ७० का दरले किसानलाई अनुदान रकम दिँदै आएको भए पनि बजेट अभावका कारण अनुदान रकम आधाले घटाएर प्रतिक्विन्टल रु ३५ कटौती गरेको थियो । सरकारले मन्त्रिपरिषद् बैठकबाट यसपटक उखु किसानलाई प्रतिक्विन्टल रु ३५ अनुदान उपलब्ध गराउने निर्णय गरेपछि प्राविधिक कारणले निकासामा ढिलाइ भएको थियो ।

     

    किसानले रकम समयमै प्राप्त गर्न र उक्त प्रोत्साहन रकम कटौती नगर्न माग गर्दै आएका थिए ।सुनसरी सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासीलगायत जिल्लामा व्यावसायिक उखुखेती हुने गर्दछ । सरकारले किसानहरूलाई प्रोत्साहित गरी उखु उत्पादन वृद्धि गर्न अनुदान रकमको व्यवस्था गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १९ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट