आज बिहीबार, २३ असोज २०८२ (९ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: पारिवारिक सद्भाव बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आदर्श व्यक्तित्त्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टाढिएका मित्रसँग नजिकिने समय छ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
वृष: यात्रामा विघ्नबाधा आइलाग्नेछ। आहारविहारमा विशेष सावधानी अपनाउनु होला। महत्त्वहीन र बेकारका काममा समय बित्न सक्छ, सचेत रहनु पर्छ। केही नयाँ योजना बनाएर मात्र काम गर्नु होला। धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ।
भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
मिथुन: प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ कामका विभिन्न अवसर फेला पनि पर्नेछन्। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग नियन्त्रण गर्न जरूरी छ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। अधुरा काम पूरा हुनेछन्। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।
भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
सिंह: आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ। आँटे-ताकेको कार्य पूरा होला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुहोला।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
कन्या: स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। आफ्नै हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकका मित्रसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
तुला: धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। भोजभतेरमा सहभागिताको अवसर मिल्ला। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक यात्राको योग छ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन्। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
धनु: रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। विद्या र बुद्धिको विकास हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।
भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। पढाइमा बाधा आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा पैसा खर्च हुने योग छ।
भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
कुम्भ: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद यात्राको योग छ। कसैकसैका लागि सन्तान प्राप्ति हुनेछ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मीन: पुनर्मिलनको योग छ। व्यापार व्यवसायबाट फाइदा होला। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीसँग मधुर मिलन हुनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।