logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब नाघ्यो

    आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब नाघ्यो

    923
    SHARES
    आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब नाघ्यो

    काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ ।



    विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिब रू. २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट नेपाल बीमा प्राधिकरणमा प्राप्त भएको हो ।

     

    निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब रू. १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।

     

    निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट