logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • निजामती अस्पतालमा औषधि कम्पनीका प्रतिनिधिको प्रवेशमा प्रतिबन्ध

    निजामती अस्पतालमा औषधि कम्पनीका प्रतिनिधिको प्रवेशमा प्रतिबन्ध

    1K
    SHARES
    निजामती अस्पतालमा औषधि कम्पनीका प्रतिनिधिको प्रवेशमा प्रतिबन्ध

    काठमाण्डौ । निजामती कर्मचारी अस्पतालले औषधि कम्पनीका प्रतिनिधिहरूलाई चिकित्सकसँग भेटघाट गर्दै व्यावसायिक प्रचार गर्ने कार्य रोक्न निर्देशन दिएको छ।



    अस्पतालले यस्तो गतिविधिले बिरामी सेवामा बाधा पुर्‍याउने र कार्य वातावरणमा नकारात्मक असर पर्ने भन्दै पुनः सूचना जारी गरेको हो। अब यस्ता कार्य दोहोरिएमा सम्बन्धित प्रतिनिधि र कम्पनीमाथि कारबाही हुने अस्पतालले चेतावनी दिएको छ।

     

    ‘अस्पताल जस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर पर्ने हुँदा अव उप्रान्त अस्पताल परिसरभित्र विभिन्न औषधि कम्पनीका व्यापारिक प्रतिनिधिहरूले आफ्नो कम्पनीको व्यावसायिक प्रवर्द्धन सम्बन्धी कार्य नगर्नु नगराउनु हुन भनी यस अघि सूचना प्रकाशन गरिसकेकोमा हाल पनि सो कार्य भइरहेको बुझिन आएकाले अब यस्ता कार्य भएको पाइएमा नियमानुसार कारबाही हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, अस्पतालद्वारा सूचनामा भनिएको छ ।

    civil hospital notice


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट