logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • जेनजी सहिद परिवारका हरेक १ सदस्यलाई चौधरी ग्रुपले रोजगारी दिने निर्वाणको घोषणा

    जेनजी सहिद परिवारका हरेक १ सदस्यलाई चौधरी ग्रुपले रोजगारी दिने निर्वाणको घोषणा

    1.6K
    SHARES
    जेनजी सहिद परिवारका हरेक १ सदस्यलाई चौधरी ग्रुपले रोजगारी दिने निर्वाणको घोषणा

    काठमाण्डौ । जेनजी सहिदका परिवारलाई व्यावसायिक घराना चौधरी ग्रुपले रोजगारी दिने भएको छ। चौधरी ग्रुपका व्यवस्थापकीय निर्देशक निर्वाण चौधरीले यसका लागि सहिद परिवारसँग सम्पर्कको प्रयास भइरहेको बताएका छन्।



     

    उनका अनुसार जेनजी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने तयारी छ। ‘जेन–जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ’, उनले भनेका छन्, ‘यो केवल हाम्रो वाचा मात्र होइन, गहिरो कर्तव्य र श्रद्धा हो।’

     

    ग्रुपले सँगै उभिने, पुनर्निर्माण गर्ने, आशा, सहानुभूति र सम्मानसहित नेपालको सुन्दर र उज्वल भविष्य निर्माण गर्ने जनाएको छ। सहिद परिवारसँग सम्पर्क गरिरहेको जनाउँदै सीजीले ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न अनुरोध गरेको छ।

     


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट