logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • जेनजी प्रदर्शनबाट अर्थ मन्त्रालयसहित मातहतका कार्यालयमा ८६ करोड ३२ लाखको क्षति

    जेनजी प्रदर्शनबाट अर्थ मन्त्रालयसहित मातहतका कार्यालयमा ८६ करोड ३२ लाखको क्षति

    975
    SHARES
    जेनजी प्रदर्शनबाट अर्थ मन्त्रालयसहित मातहतका कार्यालयमा ८६ करोड ३२ लाखको क्षति

    काठमाण्डौ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयसहित मातहतका कार्यालयहरूमा ८६ करोड ३२ लाखको क्षति भएको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार विभागले गरेको प्रारम्भिक क्षति अनुमान अनुसार देशभरका भन्सार कार्यालयहरूमा मात्रै करिब ४७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडले अर्थ मन्त्रालय र मातहतका कार्यालयहरूमा ८६ करोड ३२ करोडको क्षति भएको बताए ।



    उनले भन्सार आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलगायत आगजनीले क्षतिग्रस्त बन्द उक्त रकम बराबरको क्षति भएको बताए । उनले भने,‘झापा, इटहरी, विराटनगर, लहान, जनकपुर, सिरहा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेल्धुरा र पोखराका १० वटा आन्तरिक राजस्व कार्यालय लगायत देशभरका भन्सार कार्यालयमा गरी ४७ करोड क्षति पुगेको प्रारम्भिक अनुमान छ ।’

     

    उनले अर्थ मन्त्रालयको मात्रै ३९ करोड ३२ लाख रुपैयाँ क्षति भएको जानकारी दिए । मुख्यतया सवारी साधन र कार्यालयका सामानहरूमा क्षति पुगेको छ । भवनको क्षति भने समावेश नगरिएकाे प्रवक्ता पाण्डेयले जानकारी दिए । आगजनीबाट अर्थ मन्त्रालयमा १६ वटा चारपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका थिए ।

     

    अर्थमन्त्रीले चढ्ने सवारीसाधनसहित १६ वटा चारपाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेका थिए भने अतिरिक्त शिक्षा शाखामा प्रयोग भइरहेका २२ वटा चारपाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति र ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटरमा पूर्ण क्षति भएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट