logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • दल दर्ताका लागि आइतबार निर्वाचन आयोग जाने तयारीमा रेशम चौधरी

    दल दर्ताका लागि आइतबार निर्वाचन आयोग जाने तयारीमा रेशम चौधरी

    1.2K
    SHARES
    दल दर्ताका लागि आइतबार निर्वाचन आयोग जाने तयारीमा रेशम चौधरी

    काठमाण्डौ । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता प्रक्रिया सुरु गरेका छन् । उनले दर्ताका लागि चाहिने कागजात तयार गरिरहेका छन् । उनी आइतबार निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिने तयारीमा रहेको बताइएको छ । रेशम चौधरी भन्छन्, ‘तयारीमा लागेको छु, सम्भवतः आइतबार निर्वाचन आयोगमा गएर निवेदन दर्ता गराउँछु ।’



     

    कसको नेतृत्वमा पार्टी दर्ता भइरहेको छ भनी जिज्ञासामा नेतृत्वकर्ताको नाम खुलाउन चाहेनन् । उनले भने, ‘को अध्यक्ष हुने, को के हुने त्यतातिर नजाऔँ । दर्ता भएपछि सबै कुरा बाहिर आइहाल्छन्, म आजलाई यति भन्छु– नागरिक उन्मुक्ति पार्टी नेपाललाई मेरा परिवारका सदस्यबाहेकका कसैले नेतृत्व गर्छ ।’

    संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी छाडेर रेमश चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्नका थालेका हुन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा उनकै श्रीमती रञ्जिता श्रेष्ठ रहेकी छिन् । दुवै जना बिच आन्तरिक विवाद उत्पन्न भएपछि चौधरीले पार्टी छाडेर अर्को पार्टी गठन गर्न लागेका हुुन् ।

     

    भौगोलिक सांस्कृतिक, पहिचानसहितको सङ्घीयता र समुदायमा आधारित समाजवादका लागि गठन भएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विचारधारालाई समाजमा स्थापित गर्न नसकेको बताउँदै उनले यसमा दोषीमध्येको आफू पनि एक रहेको बताएका छन् । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि थुप्रै लडाइँ लडेको भन्दै अब नयाँ ढङ्गबाट लड्नका लागि नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्न लागेको बताए ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट