logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • हिमालयन बैंकमा रहेको हबिबको सेयर नेसनल लाइफलाई बेच्न राष्ट्र बैंक व्यवस्थापन समितिको स्वीकृति

    हिमालयन बैंकमा रहेको हबिबको सेयर नेसनल लाइफलाई बेच्न राष्ट्र बैंक व्यवस्थापन समितिको स्वीकृति

    1.4K
    SHARES
    हिमालयन बैंकमा रहेको हबिबको सेयर नेसनल लाइफलाई बेच्न राष्ट्र बैंक व्यवस्थापन समितिको स्वीकृति

    काठमाण्डौ । हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलालाई राष्ट्र बैंकको व्यवस्थापन समितिले स्वीकृत दिएर बोर्डमा पुगेको छ । पाकिस्तानका हबिब बैंकले हिमालयन बैंकमा रहेके २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गरी बाहिरिन खोजेको थियो ।



     

    सोही अनुसार हबिबले उक्र सेयर एकमुष्ट बिक्रीको लागि बैंकमा आवेदन दिएको थियो । प्रतिकित्ता न्युनतम ११२ रुपैयाँ ८० पैसाका दरले बिक्री गर्न आवेदन दिएपनि हिमालयन बैंकहरुले बहालवाला सेयरधनीसँग खरिको लागि सुचनका प्रकाशित गरेकोको थियो । जसमा हिमालयन बैंकको बहालवाला सेयरधनी नेशनल लाइफ इन्स्योरेन्सले उक्त सेयर एकमुष्ट ११८ रुपैयाँ ८० पैसामा खरिद गर्नको लागि बैंकले प्रस्ताव पेश गरेकोमा त्यसलाई स्वीकार गर्दै हबिब बैंक र नेशनल लाइफबीच गत साउन अन्तिम साता सेयर खरिद बिक्री सम्झौता भएको थियो ।

    लगत्तै स्वीकृतिको लागि राष्ट्र बैंकको स्वीकृतिको लागि पठाएको राष्ट्र बैंकले अध्ययन गरी उक्त सेयर कारोबारका लागि व्यवस्थापन समितिबाट स्वीकृत भएर बोर्डमा पुगेको राष्ट्र बैंक स्रोतले जनाएको छ । चाँडै राष्ट्र बैंकको बोर्डबाट स्वीकृत भएपछि सेयर खरिद प्रक्रिया टुंगिनेछ ।

     

    हबिब बैंकले सेयरबेच्न दिएको निवेदनपछि बैंकले गत जेठ ३० गते एकमुष्ट किनबेच हुने गरी संस्थापक सेयरधनीलाई सूचना निकालेको थियो । सोही निवेदनको आधारमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं १० बमोजिम बैंकको बहालवाला कायम सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरिएको थियो । सो आधारमा २ करोड ८० लाख कित्ता सेयर नै खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले मात्रै आवेदन दिनुपर्ने थियो । बैंकका बहालवाला लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने थियो ।

     

    सोही आह्वानका आधारमा बहालवाला ४ संस्थापक सेयरधनीले उक्त सेयर खरिदको लागि आवेदन दिएका हुन् । जसमध्ये सूचना अनुसारको शर्त पूरा गर्नेगरी नेशनल लाइफ इन्स्योरेन्सले मात्र आवेदन दिएको थियो । न्युनतम प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसामा आवेदन दिनुपर्नेमा नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा सेयर खरिद गर्न बोलपत्र पेश गरेको थियो । हबिबले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेशनल लाइफ र हबिबबीच सेयर खरिद बिक्रि सम्झौता भएको थियो ।

     

    बैंकमा पाकिस्तानको हबिबको १२.९३ प्रतिशत सेयर हिस्सा छ । हिमालयन बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । हबिबले बेच्न चाहेको न्यूनतम मूल्यभन्दा बढीमा नेशनल लाइफले खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट