logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • भारतको सर्वोच्च अदालतभित्रै प्रधानन्यायाधीशमाथि आक्रमण गर्ने वकिलको बार सदस्यता खारेज

    भारतको सर्वोच्च अदालतभित्रै प्रधानन्यायाधीशमाथि आक्रमण गर्ने वकिलको बार सदस्यता खारेज

    1.2K
    SHARES
    भारतको सर्वोच्च अदालतभित्रै प्रधानन्यायाधीशमाथि आक्रमण गर्ने वकिलको बार सदस्यता खारेज

    काठमाण्डौ । भारतको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए) ले प्रधानन्यायाधीश बीआर गवईमाथि आक्रमण गर्ने वकिल राकेश किशोरको सदस्यता खारेज गरेको छ। किशोर एससीबीएका अस्थायी सदस्य थिए।



     

    बारले निर्णयमा भनेको छ, ‘यो कार्यले न्यायपालिकाको स्वतन्त्रता, अदालती कारबाहीको पवित्रता र बार र बेन्चबीच लामो समयदेखिको पारस्परिक सम्मानको सम्बन्धमाथि प्रत्यक्ष हमला गरेको छ।’ अधिवक्ता किशोरको सदस्यता तत्काल समाप्त भएको र उनको नाम सदस्यता सूचीबाट हटाइने निर्णयमा उल्लेख छ।

     

    साथै एससीबीएद्वारा जारी गरिएको उनको सदस्यता कार्ड पनि रद्द मानिनेछ। सर्वोच्च अदालतका महासचिवलाई यसबारे जानकारी गराइएको छ। गत सोमबार मुद्दा सुनुवाइ गरिरहेका बेला प्रधानन्यायाधीश बीआर गवईमाथि आक्रमण प्रयास भएको थियो। तर तत्काल सुरक्षाकर्मीले आक्रमणकारी वकिललाई नियन्त्रणमा लिएका थिए।

     

    सुरक्षा एजेन्सीहरूले वकिल किशोरलाई हिरासतमा लिएर सोधपुछ गरे र पछि रिहा गरेका थिए।

     


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट