logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छ : शहीद तथा घाइते परिवार

    जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छ : शहीद तथा घाइते परिवार

    1K
    SHARES
    जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छ : शहीद तथा घाइते परिवार

    काठमाण्डौ । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाण्डौस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याएका हुन् ।



    जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने उनीहरुको भनाई छ । राजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरुले बताए ।

     

    उनीहरुले सरकारले तुरुन्तै शहीदहरुको सपना र घाईतहरुको माग सम्बोधन गर्नुपर्ने बताए । भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषिउपर कारबाही गर्न पनि उनीहरुले माग गरे । जेनजीको समूह फरक-फरक भएको भन्दै उनीहरुले एकजुट हुन पनि आग्रह गरे ।

     

    जेनजी आन्दोलनका उपलब्धीहरुको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट