logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • कामना सेवा विकास बैंकको साधारणसभामा आज लाभांश प्रस्ताव पेश गरिंदै

    कामना सेवा विकास बैंकको साधारणसभामा आज लाभांश प्रस्ताव पेश गरिंदै

    741
    SHARES
    कामना सेवा विकास बैंकको साधारणसभामा आज लाभांश प्रस्ताव पेश गरिंदै

    काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा आज असोज २४ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्दैछ।



     

    सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

     

    साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

     

    त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

     

     

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिन बुक क्लोज गरिसकेको छ। तसर्थ बुक क्लोजको आधारमा असोज ७ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश पाउन सक्नेछन्।


    अर्थ चौतारी
  • शुक्रबार, २४ असोज २०८२
  • सम्बन्धित समाचार