logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः कमजोर हुँदै

    मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः कमजोर हुँदै

    1.1K
    SHARES
    मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः कमजोर हुँदै

    काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ ।



     

    आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

     

    विभागका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी दुवै प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २४ असोज २०८२
  • सम्बन्धित समाचार