logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिकामा शङ्कास्पद देखिएको भन्दै छानबिनको माग

    जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिकामा शङ्कास्पद देखिएको भन्दै छानबिनको माग

    988
    SHARES
    जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिकामा शङ्कास्पद देखिएको भन्दै छानबिनको माग

    काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै घटना छानबिनको लागि निवेदन परेको छ । काठमाण्डौ उपत्यकामा कार्यरत पीडित प्रहरी कर्मचारीको नाममा उच्चस्तरीय जाँचबुझ आयोगमा छानबिनको माग गर्दै निवेदन परेको हो ।



    निवेदनमा सरकार अपदस्त भएको घटनाक्रमलाई स्मरण गर्दै, आन्दोलनका क्रममा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ। भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवनमाथि आन्दोलनकारीले आक्रमण गर्दा सुरक्षाकर्मीहरूले कुनै प्रतिक्रिया नजनाई आगजनी गर्न दिएको र कर्फ्यु आदेशमा नेपाली सेना परिचालित नहुनु शङ्कास्पद देखिएको उल्लेख गरिएको छ ।

     

    साथै प्रहरीले हतियार लुट्न दिई सर्वसाधारणको पहुँचमा पुर्‍याएको र यसले देशलाई गृहयुद्धको खतरामा धकेलेको उल्लेख छ। निवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी, एआईजीपी लगायतका उच्च अधिकारीहरूले घटनाको जिम्मेवारी लिनुपर्ने उल्लेख छ।

     

    निवेदनमा रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्न प्रहरी विभिन्न अधिकारीको साथै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल लगायतको संलग्नताको आशङ्का गरिएको छ। यस घटनाले नेपालको राष्ट्रिय सुरक्षामाथि गम्भीर आँच पुगेको निवेदनमा उल्लेख छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट