logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • प्रभु केबलकारले डाक्यो वार्षिक साधारणसभा, आइपीओ मुख्य अजेन्डा

    प्रभु केबलकारले डाक्यो वार्षिक साधारणसभा, आइपीओ मुख्य अजेन्डा

    1K
    SHARES
    प्रभु केबलकारले डाक्यो वार्षिक साधारणसभा, आइपीओ मुख्य अजेन्डा

    काठमाण्डौ । प्रभु केबलकार एन्ड टुरिजमले आफ्नो प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो पुस २६ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।



     

    सभाले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। शेयर जारपछि प्राप्त रकम उपभोग गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

     

    प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट