logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • २० अर्बको बोन्ड जारी गर्न सरकारले दियो स्वीकृति

    २० अर्बको बोन्ड जारी गर्न सरकारले दियो स्वीकृति

    702
    SHARES
    २० अर्बको बोन्ड जारी गर्न सरकारले दियो स्वीकृति

    काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणलाई २० अर्ब बराबरको ऊर्जा बोन्ड जारी गर्ने स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा बोन्ड निष्काशन गर्न स्वीकृति दिएको हो । बोन्ड जारी गरेर उठाएको ऋण प्राधिकरणले जलविद्युत आयोजना निर्माणमा प्रयोग हुनेछ । जलविद्युत निर्माणका लागि स्रोत व्यवस्थापन गर्न चरणबद्ध रूपमा सो रकम बराबरको बोन्ड निष्काशन हुनेछ ।



     

    २० अर्ब बराबरको ऊर्जा बोन्ड जारी गर्ने प्रस्ताव प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको हो । उनले गत असारमै यो प्रस्ताव गरेका थिए । तर, तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काको असहयोगका कारण यो प्रस्ताव अघि बढेको थिएन ।

     

    यसअघि प्राधिकरणले मागेको १० अर्ब रुपैयाँको ऋणको लागि सरकारको स्वीकृति आइसकेको छ । प्राधिकरणको हालको दायित्व १४ अर्ब रुपैयाँको छ । प्राधिकरणसँग नगद अभाव भएकोले यो पैसाबाट आर्थिक अवस्थामा सुधार ल्याउने सोच हितेन्द्रले बनाएका थिए । सरकारले गत असोज ५ गते हितेन्द्रलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको जिम्मा दिइसकेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट