logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • ३५ प्रतिशत लाभांश बाँड्ने सेन्चुरी इनर्जीको घोषणा

    ३५ प्रतिशत लाभांश बाँड्ने सेन्चुरी इनर्जीको घोषणा

    1.1K
    SHARES
    ३५ प्रतिशत लाभांश बाँड्ने सेन्चुरी इनर्जीको घोषणा

    काठमाण्डौ । सेन्चुरी इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर गरि जम्मा ३५ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



     

    लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १५ गते काठमाण्डौमा बिहान साढे ८ बजे वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले पुँजी संरचना परिवर्तन तथा पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने, हकप्रद सेयर वा जगेडा सेयर जारी गर्ने, सर्वसाधारणलाई कम्पनीको साधारण सेयर जारी गर्ने र सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग सम्बन्धी छलफल गर्नेछ ।

     

    सभाले सञ्चालक समितिको अध्यक्षबाट आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट