logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • बाढी-पहिरोले अझै अवरुद्ध छन् यी राजमार्ग

    बाढी-पहिरोले अझै अवरुद्ध छन् यी राजमार्ग

    819
    SHARES
    बाढी-पहिरोले अझै अवरुद्ध छन् यी राजमार्ग

    काठमाण्डौ । बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन् । नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपालथोक खण्डमा पहिरोका कारण आवत–जावत अवरुद्ध रहेको छ ।



    त्यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

     

    यता पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

     

    मेची राजमार्गको इलाम खण्ड र तमोर कोरिडोर पनि पहिरोको कारण अवरुद्ध रहेका छन् ।

    558049480_1124542113141644_316503003794274488_n

      Related News:


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट