काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले शनिबारका लागि विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल ¥याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएपछि एमाले निकट राष्ट्रिय युवा संघको नेतृत्व जिल्ला प्रशासन कार्यालय काठमाण्डौ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै शनिबार विभिन्न समूहहरूले काठमाण्डौका फरक–फरक स्थानमा मोटरसाइकल र्याली र सभा गर्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रम गर्न स्वीकृति नदिने निर्णय गरिएको जनाएको थियो । त्यसलगत्तै कुरा गर्न आफूहरू जिल्ला प्रशासन कार्यालय काठमाण्डौ पुगेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।
‘हामी अहिले छलफलका लागि प्रशासन कार्यालय आएका छौँ’, थेवेले भने– ‘छलफलपछि थप जानकारी गराउँछौ ।’ एमाले निकट युवा सङ्घले परिवर्तित राजनीतिक घटनाक्रमपछि शनिबार काठमाण्डौमा मोटरसाइकल र्याली निकाल्ने घोषणा गरेको थियो ।