logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • एटीएमबाट एक दिनमा अब ५० हजार मात्रै झिक्न पाइने, फेरिए यी व्यवस्थाहरू

    एटीएमबाट एक दिनमा अब ५० हजार मात्रै झिक्न पाइने, फेरिए यी व्यवस्थाहरू

    1.6K
    SHARES
    एटीएमबाट एक दिनमा अब ५० हजार मात्रै झिक्न पाइने, फेरिए यी व्यवस्थाहरू

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट हुने कारोबारको सीमा फेबदल गरेको हो।



     

    यसअनुसार अब डेबिट कार्डबाट एक पटकमा २० हजार रुपैयाँ झिक्न पाइनेछ भने एक दिनमा ५० हजार रुपैयाँ झिक्न पाइनेछ। पहिले एक पटकमा २५ हजार र एक दिनभित्र १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाले सीमा घटाएको हो।

     

    यस्तै महिनाभरमा भने ३ लाखसम्म झिक्न पाइनेछ। यसअघि ४ लाखसम्म झिक्न पाइने व्यवस्था थियो। राष्ट्र बैंकले प्रिपेड कार्डमा पनि प्रतिकारोबार रकम १० हजार र प्रतिदिन रकम २० हजार र प्रतिमहिना २ लाख रुपैयाँको सीमा कायम गरेको छ भने क्रेडिट कार्डमा स्वीकृत सीमाको १० प्रतिशतसम्मको सीमा कायम गरेको हो।

     

    बैंक तथा वित्तीय संस्थाहरुबाहेकका सेवा प्रदायक संस्थाहरुको प्रिपेड कार्डबाट भने प्रतिदिन ५ हजार र प्रतिमहिना २५ हजार रुपैयाँ निकाल्न सक्ने गरी सीमा कायम गरेको हो।


    अर्थ चाैतारी
  • आइतबार, २६ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट