logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • तोलामै ३ हजारले बढ्याे सुनको मूल्य, चाँदीको मूल्यमा ‘रेकर्ड ब्रेक’

    तोलामै ३ हजारले बढ्याे सुनको मूल्य, चाँदीको मूल्यमा ‘रेकर्ड ब्रेक’

    481
    SHARES
    तोलामै ३ हजारले बढ्याे सुनको मूल्य, चाँदीको मूल्यमा ‘रेकर्ड ब्रेक’

    काठमाण्डौ । गएको शुक्रबार प्रतितोला चार हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्यमा आज फेरि व्यापक वृद्धि भएको छ।



     

    सुनको मूल्य आज तोलामा तीन हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवायी महासंघले जनाएको छ। चाँदी पनि आज थप महँगिएको छ।

     

    गएकाे आइतबारदेखि बिहीबारसम्म लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य गएको शुक्रबार दुई लाख ३५ हजारमा झरेको थियो।

     

    गएको बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार २०० पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि चाँदीको मूल्य पनि आज बढेको छ।

     

    चाँदीको मूल्य आज तोलाको तीन हजार एकसय २५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य शुक्रबार तोलामा ६० रुपैयाँ बढेर तीन हजार ८५ पुगेको थियो।


    अर्थ चाैतारी
  • आइतबार, २६ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट