logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • सामसङको ‘तिहारको मुड, सबै गुड !’ अफर

    सामसङको ‘तिहारको मुड, सबै गुड !’ अफर

    728
    SHARES
    सामसङको ‘तिहारको मुड, सबै गुड !’ अफर

    काठमाण्डौ । सामसङ नेपालले तिहारलाई लक्षित गरी आफ्नो बहुप्रतिक्षित क्याम्पेन ‘तिहारको मूड, सबै गुड!’ घोषणा गरेको छ। यो अफरमार्फत ग्राहकहरूले सामसङका उत्पादनहरूमा आकर्षक छुटका साथै साप्ताहिक र बम्पर पुरस्कारहरू जित्ने रोमाञ्चक अवसर प्राप्त गर्नेछन्।



    यो अफर असोज २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका आधिकारिक सामसङ विक्रेताहरूमा लागू हुनेछ। यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन मा आकर्षक क्यासब्याक र छुटसहित नयाँ उत्पादनहरू खरिद गर्न सक्नेछन्।

    लक्की ड्रमा सहभागी हुने तरिका
    सामसङका टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गर्ने ग्राहकहरूले उत्पादनको सिरियल नम्बर SMS मार्फत पठाएर लक्की ड्रमा भाग लिन सक्नेछन्।

    सहभागी हुन “Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउनुपर्छ।

    सन्देश पठाएपछि तत्कालै पुष्टि सन्देश (Confirmation SMS) प्राप्त हुनेछ।

    विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital का फेसबुक तथा इन्स्टाग्राम पेजहरूमा गरिनेछ।

     

    सामसङले ग्राहकहरूका लागि InstaFinance सेवा मार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो EMI विकल्प पनि उपलब्ध गराएको छ, जसका लागि नागरिकता प्रमाणपत्र मात्र आवश्यक पर्छ।

     

    यसका साथै, ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत पुराना टिभी वा होम अप्लायन्स साट्दा रु. ७,००० सम्मको एक्सचेन्ज बोनस समेत प्राप्त गर्न सकिनेछ।

     

    Fullscreen capture 10112025 54041 PM


    अर्थ चाैतारी
  • आइतबार, २६ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट