logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

    बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

    1.1K
    SHARES
    बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट आएको करिब तीन महिना बित्न लाग्दा यसको कार्यान्वयन अवस्था गत वर्षको भन्दा कमजोर देखिएको छ। सुस्त सरकारी कार्यशैली र पछिल्ला दिनमा भएका आन्दोलनको प्रभाव चालु बजेटमा देखिएको हो।



    महालेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारले असोज २५ गतेसम्म कुल राजस्व लक्ष्यको १४.७९ प्रतिशत मात्रै उठाउन सकेको छ। जबकि, अघिल्लो वर्षको यसै अवधिमा १६.६६ प्रतिशत राजस्व उठाइसकिएको थियो।

     

    खर्च प्रणाली पनि उस्तै कमजोर देखिएको छ। असोज महिना सकिन लाग्दा अहिलेसम्म सरकारले कुल बजेटको १७.२ प्रतिशत मात्र खर्च गरेको छ। गत वर्ष यही अवधिमा १७.६८ प्रतिशत खर्च भएको थियो। यस वर्ष चालुतर्फ विनियोजित बजेटको २०.११ प्रतिशत खर्च भए पनि विकास बजेट (पुँजीगत) विनियोजितको ८ प्रतिशत मात्रै खर्च भएको छ।

     

    रोचक पक्ष त, सरकारी प्रणालीमा रहेका समस्या सुधारका लागि प्रतिवेदन बुझाएका रामेश्वर खनाल नै अहिले अर्थमन्त्री छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २६ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट