logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • बालेन र सुदन विरुद्ध नेविसंघले पनि बुझायो जाहेरी

    बालेन र सुदन विरुद्ध नेविसंघले पनि बुझायो जाहेरी

    1.1K
    SHARES
    बालेन र सुदन विरुद्ध नेविसंघले पनि बुझायो जाहेरी

    काठमाण्डौ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले पनि बालेन शाह र सुदन गुरुङ विरुद्ध जाहेरी दिएको छ ।



     

    गत भदौ २३ र २४ मा जेनजी प्रदर्शनको क्रममा भएको अप्रिय घटनामा उनीहरू जिम्मेवार रहेको भन्दै नेविसंघले कारबाही गर्न माग गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको जाहेरीमा नेविसंघको तर्फबाट अशोक सिंह विष्टले हस्ताक्षर गरेका छन् ।

     

    काठमाण्डौका मेयर साह र हामी नेपालका संस्थापक गुरुङले भदौ २३ र २४ को प्रदर्शनमा विद्यार्थीलाई युनिफर्मममा आन्दोलनमा जान उकासेको र घुसपैठ गराएर सार्वजनिक सम्पत्ति ध्वस्त बनाएको नेविसंघको आरोप छ । जाहेरीमा भनिएको छ, ‘जेनजी प्रदर्शनमा भएको लुटपाटको जिम्मेवार साह र गुरुङ हुन् ।’

     

    यसअघि जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको क्याबिनेटका गृहमन्त्री रमेश लेखक विरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डौमा जाहेरी दिएका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, २६ असोज २०८२
  • सम्बन्धित समाचार